News

पम्फा भुसालले हारेपछि ललितपुरमा माओवादीमा भुईचालो

पम्फा भुसालले हारेपछि ललितपुरमा माओवादीमा भुईचालो

मंसिर ४ को निर्वाचनमा पार्टीलले हार ब्यहोरोपछि ललितपुरमा माओवादी भित्र भुईचालो गएको छ। निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।

ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं. ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित भएका थिए ।

यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि हार व्यहोरेका थिए ।

उनीहरुको हारको नैतिक जिम्मेवारी लिंदै कट्टेल र पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको जनाईएको छ। स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरको उम्मेदवारसमेत रहेका कट्टेल एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठसँग पराजित भएका थिए । 
 

विशेष