News

कांग्रेसभित्र छलफलै नगरी रामचन्द्रले सुरु गरे प्रधानमन्त्रीका लागि दौडधुप

कांग्रेसभित्र छलफलै नगरी रामचन्द्रले सुरु गरे प्रधानमन्त्रीका लागि दौडधुप

नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका लागि हानाथाप सुरु भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र छलफल र सहमति नै नगरी पार्टी वाहिरका नेताहरुसँग आफनालागि छलफल सुरु गरेका छन् ।

पौडेलले सोमवार विहिन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर प्रधानमन्त्रीका लागि आफुलाई सहयोग गर्न आग्रह गरेका हुन। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको कोटेश्वरस्थित निवासमा पुगेरै उनले यस्तो प्रश्ताव गरेका हुन।

नेपालनिकट स्रोतका अनुसार कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै पौडेलले सहयोग मागेका थिए । पाँचदलीय गठबन्धनबाट सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न पौडेलले आग्रह गरेको स्रोतले जानकारी दियो ।

जवाफमा नेपालले भने कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने वताएका थिए। 

भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे पनि छलफल भएको थियो ।
 

विशेष