News

निर्वाचित सांसदलाई चाँदीको मुकुट लगाई दिने गाउँपाकिला उपाध्यक्षको के हो श्रोत ?

निर्वाचित सांसदलाई चाँदीको मुकुट लगाई दिने गाउँपाकिला उपाध्यक्षको के हो श्रोत ?

पर्सामा सांसद जितेका उम्मेदवारलाई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले चाँदीको मुकुट लगाई दिएका छन् ।
 
पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश रिजाललाई धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार वनेर निर्वाचित भएको रिजाल कांग्रेस नेता हुन। धोविनी गाउँपालिकाकी उपाध्यक्ष् मञ्जु पनि कांग्रेसबाटै निर्वाचित भएकी हुन।

निर्वाचित रिजाल मतदातालाई धन्यवाद दिन आइतबार साँझ धोबिनी गाउँपालिका–३ हरिहरपुर पुगेका बेला मञ्जुले मुकुट लगाएर बधाई दिएकी हुन् ।

यसअघि पर्सामै गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहलाई पनि निवर्तमान सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाई दिएका थिए।

०७४ को निर्वाचनमा पर्सा–१ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका–१५ मा चाँदीको मुकुट लगागएर वधाई दिईएको थियो। 
 

विशेष