News

कर्णाली प्रदेशः ०७४ मा आधा सिट जितेको एमाले यस वर्ष सुन्य

कर्णाली प्रदेशः ०७४ मा आधा सिट जितेको एमाले यस वर्ष सुन्य

कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ एमाले सुन्य भएको छ। ०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ६ क्षेत्रमा जितेको एमाले यस पटक सुन्यमा झरेको हो।

०७४ मा शून्यमा झरेको कांग्रेसलाई भने गठबन्धनको आडले फलिफाप भएको छ भने यही फाईदा समाजवादीले पनि उठाएको छ।

प्रत्यक्षतर्फका १२ निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादीले चार–चार, समाजवादीले तीन र राप्रपाले एक निर्वाचन क्षेत्रमा जितेका छन् । यो प्रदेशमा माओवादीले ०७४ मा ४ सिट ल्याएको थियो। गठबन्धनको भागबण्डामा परेका पाँच वटा निर्वाचन क्षेत्रमध्ये माओवादीले एक सिट गुमाएर चारमा मात्र जित हात पा¥यो।

माओवादीले रूकुम–पश्चिम, जाजरकोट, कालिकोट र हुम्लामा जितेको छ। आफ्नो भागमा परेको जुम्लामा भने माओवादीले गुमाएको छ। जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कुँवर शाहीसँग पराजित भएकी हुन्। 

कुँवर र दैलेखबाट राप्रपाकी महामन्त्री कुन्ती शाहीको हारसँगै कर्णालीबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा महिला सहभागितासमेत शून्य भएको छ। पहिलो पटक चुनाव लडेका ३१ वर्षीय शाहीले १० हजार ८६० मतान्तरले कुँवरलाई हराएका हुन्। शाहीले २२ हजार ८१९ मत पाउँदा कुँवरले ११ हजार ९५९ मत पाइन्।

जुम्लामा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए।

प्रतिनिधि सभामा जितेका उम्मेदवारहरु
 

माओवादी 
रुकुम पश्चिमः जनार्दन शर्मा 
जाजरकोटः शक्तिबहादुर बस्नेत
हुम्लाः कार्चेन लामा
कालिकोटः महेन्द्रबहादुर शाही 

कांग्रेस 
सुर्खेत– १ः पूर्णबहादुर खड्का
सुर्खेत– २ः हृदयराम थानी 
दैलेख– २ः दीक्पालकुमार शाही 
मुगु ः ऐनबहादुर शाही

एकीकृत समाजवादी 
सल्यानः प्रकाश ज्वाला 
दैलेख– १ः अम्मरबहादुर थापा 
डोल्पाः धनबहादुर बुढा

राप्रपा
जुम्लाः ज्ञानेन्द्र शाही

विशेष