News

सुकुम्वासीको पक्षमा ओली, यसरी गरे बालेन्द्रको विरोध

सुकुम्वासीको पक्षमा ओली, यसरी गरे बालेन्द्रको विरोध

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी वस्तिमा डोजर चलाउने बालेन्द्र साहको विरोध गरेका छन् । उनले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने समेत बताए।

राष्ट्रिय जनसांस्कृतिक महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएकाले बल प्रयोग गर्नु गलत हुने वताए ।

‘चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो,’ उनले भने, ’लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पु¥याउनु प्रमुख कुरा हो ।’

सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको पनि उनले बताए । समस्या समाधान गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने ओलीको धारणा छ।

‘सुकुम्बासी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन् । अलि गरिब भए भन्दै उनीहरुलाई गोद्नु पर्ने, ठोक्नु पर्ने भन्ने कुरा होइन,’ उनले भने ‘सरकारको उन्माद हो । सरकारको काम लोकतान्त्रिक आचरणअनुसार छैन ।’
 

विशेष