माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त
![माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/upendra-mahato.jpg)
माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिले महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिले सोमबार उक्त राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
महतो बैंकका संथापक सेयरधनी हुन्।