News

गच्छेदारलाई वहुदलपछिको पहिलो हार चखाउँदै भगवती चौधरी निर्वाचित

गच्छेदारलाई वहुदलपछिको पहिलो हार चखाउँदै भगवती चौधरी निर्वाचित

वहुदल आएपछि एक छत्र चुनाव जित्दै आएका विजय गच्छेदारलाई पराजित गर्दै सुनसरी ३ बाट नेकपा एमालेका भगवती चौधरी निर्वाचित भएकी छिन।

४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा भगवतीको मतान्तर ५ हजार ४३४ छ। पपछिल्लो मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।

चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् भने गच्छेदार बहुदलपछि एकलौटी चुनाव जित्दै आएका थिए ।  गच्छदारले सुनसरीबाट ४८, ५१, ५६, ६४ र ७४ मा निर्वाचन जिते । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम, ७० फोरम लोकतान्त्रिकमा गएर समेत सो क्षेत्रबाट निर्वाचन जितेका थिए ।

यस पटक भने सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी दुई पटकको हारको वदला लिदै गच्छेदारलाई पराजित गरेकी छिन् । चौधरी, दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले चौधरी पराजित भएकी थिइन् भने ०७४ मा ३ सय २१ मतान्तरले पराजित भइन् ।

०७४ मा सांसद जितेपनि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा पर्यो। निलम्बनमा परेसँगै उनी क्षेत्रमा कमजोर भएका थिए । उनी निकटहरुले समेत उनलाई छाडेको वताईन्छ।
 

विशेष