News

मधेशमा थोत्रो भएको आईडिया चितवनमा लागु गर्दै रवि लामिछाने

मधेशमा थोत्रो भएको आईडिया चितवनमा लागु गर्दै रवि लामिछाने

सामान्यतया चुनाव जितेपछि केही दिनसम्म विजयी उम्मेदवारको फुर्तीफार्ती निकै वढ्छ। स्थानीय तहका हुन वा प्रदेश र प्रतिनिधि सभाका उम्मेदवार नै किन नहुन, आफुलाई लोकप्रिय देखाउन जस्तो सुकै हथकण्डा अपनाउँछन् ।

चुनाव जित्ने वित्तिकै उनीहरुको नजर सवैभन्दा पहिला सरसफाई र सडकमा पुग्छ। उनीहरु झाडु लिएर आफै सडकमा उत्रिन्छन् । त्यसपछि सुरु हुन्छ सडक अनुगमन। विहान वेलुकै हिडिरहेको बाटोमा अनुगमनका नाममा गाडिका लावा लस्कर लगाईन्छ। 

उम्मेदवार, तिनका आसेपासे, सुरक्षा निकाय र सडक विभाग अन्तर्गतका गाडिले धुलो उडेर गाउँ नै कुहिरीमण्डल हुन्छ। जनप्रतिनिधिका रुपमा सडकमै उभिएर भाषण सुरु हुन्छ। तत्काल सडक वनाउन निर्देशन पनि जारी हुन्छ। तर, सडक वन्नु त परको कुरा त्यसपछि जितेका जनप्रतिनि समेत देखा पर्न छोड्छन्। 

काम गर्ने वेला आउँछ जनप्रतिनि वेपत्ता हुन्छ। चुनाव जितेपछि सडकमा धुलो उडाएर अनुगमन गरेर हिडेको जनप्रतिनिधि ५ वर्षपछि सोही सडक वनाउने एजेण्डा बोकेर भोट माग्दै गाउँ छिर्छ। यो प्रवृत्ति हालसम्म मधेशका जिल्लामा धेरै देखिएको छ।

यही थोत्रो आईडिया अहिले रवि लामिछानेले चितवनमा कार्यान्वनयमा ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद लामिछाने पनि सवैभन्दा पहिला सडक अनुगमनमै निस्किए। 

गत शनिवार उनले भरतपुर महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडक खण्ड अन्तर्गतको धर्मचोक क्षेत्रमा कालोपत्र हुन नसकेको सडकको अनुगमन गरे। लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई साथै राखेर भोलीदेखि नै काम सुरु हुने वताए ।

यसपछि उनले बिजुली र रासायनिक मलका लागि पहल गर्ने भन्दै तिनका हाकिमसँग भेटघाट गरेका छन् । उनले विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेका छन् भने कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेका छन। 

विशेष