धनुषा ४ बाट रघुविर महासेठ विजयी, पति पत्नि नै संसदमा
![धनुषा ४ बाट रघुविर महासेठ विजयी, पति पत्नि नै संसदमा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/raghubir.jpg)
धनुषा– ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् ।
महासेठले ३२ हजार २३६ मत ल्याए भने महेन्द्र यादवले ३२ हजार ११२ मत ल्याएका छन् । महासेठ यसअघि पनि धनुषाबाटै विजयी भएका थिए ।
यसअघि धनुषा–३ बाट निर्वाचित महासेठ यसपटक धनुषा ४ मा उम्मेदवार बनेका थिए । धनुषा– ३ बाट यसअघि नै उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।