News

सुनसरी ३ मा भगवती चौधरीले जित्ने निश्चित

सुनसरी ३ मा भगवती चौधरीले जित्ने निश्चित

सुनसरी–३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको जित निश्चित भएको छ।

९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। अब ८ हजार २ सय ८२ मत गन्न बाँकी छ।

अहिलेसम्म एमालेकी भगवतीले ३७ हजार ४ सय २० मतसहित अग्रता लिइरहेकी छन्। गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन्। भगवती ५ हजार तीन सय १९ मतान्तरसहित अघि छिन्।

नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन्।

विशेष