News

समानुपातिकमा भेटिएका प्रत्यक्षको मत जोड्दा ४६ मतान्तरले नेम्वाङ विजयी, मतान्तर १ घट्यो

समानुपातिकमा भेटिएका प्रत्यक्षको मत जोड्दा ४६ मतान्तरले नेम्वाङ विजयी, मतान्तर १ घट्यो

पाँचथरमा समानुपातिक तर्फको मतपेटिकामा प्रत्यक्षतर्फको मत भेटिएपछि विवादित वनेको मत गणना प्रकृया सकिएको छ। समानुपातिकतर्फ भएका मतपत्रलाई पनि गणना गरेर अन्तिम नतिजा सार्वजनिक गरिएको हो।

समानुपातिक तर्फको मत पेटिकामा भेटिएका मतपत्र गणना गर्दा पनि नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन्। मंसिर ९ गतेको घोषणामा  पनि नेम्वाङ नै विजयी भएका थिए। बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ। वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ।

अन्तिम मतपरिणाममा नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ। यसअघि गत ९ मंसिरमा नै यहाँको प्रत्यक्षतर्फको मतगणना सकिएको थियो। त्यतिबेला नेम्वाङको मत ३२ हजार १ सय १० र आङ्देम्बेको ३२ हजार ६३ थियो।

नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपानितकका मतपेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मत गणना प्रभावित हुँदै आएको थियो। प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको बाकसमा भेटिएपछि विवादित बनेको त्यहाँको मतगणना मंगलबार राति सकिएको निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए। 

विशेष