News

सात पार्टीले पाउने भए समानुपातिक मत, कुन पार्टीलाई कति सिट ?

सात पार्टीले पाउने भए समानुपातिक मत, कुन पार्टीलाई कति सिट ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरणअनुसार झण्डै एक करोड अर्थात् ९९ लाख ९३ हजार ५६८ मतगणना भइसकेको छ।

नियमानुसार तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर सात वटा पार्टीले सिट पाउने देखिएको छ। माधव नेपाल नेतृत्वको नेकपा एसले अझै थ्रेसहोल्ड कटाउन सकेको छैन। हालसम्म एमाले र कांग्रेसबीच दुई सिटको अन्तर हुने देखिएको छ। एमालेले सबैभन्दा धेरै भोट ल्याएर सबैभन्दा बढी सिट जित्ने भएको छ। एमालेले ३४ र कांग्रेसले ३२ सिट पाउने आंकलन गरिएको छ।

माओवादी भोट संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा थोरै अघि भए पनि सिट संख्या भने दुवैको बराबर हुनेछ। दुवैले १४÷१४ सिट पाउने अवस्था छ। राप्रपाले ७ सिट पाउनेछ भने जसपाले ५ र जनमत पार्टीको ४ सिट पाउने अवस्था छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने समानुपातिकतर्फको सिट नपाउने देखिएको छ। उसले २ लाख ८१ हजार ३४८ भोट ल्याएको छ। थ्रेसहोल्ड कटाउन गणना भएको मतअनुसार २ लाख ९९ हजार ८०८ मत ल्याउनुपर्छ। अर्थात् अझै १८ हजार ४६० मत ल्याउनु पर्ने अवस्था छ।

थ्रेसहोल्ड कटाउन गणना भएको कुल सदर मतअनुसारको तीन प्रतिशत ल्याउनुपर्छ। त्यसैले नेकपा एसले अन्य स्थानमा ल्याएको थोरै मत हेर्दा यो संख्या पु¥याउन सक्नेमा शंका छ। 
 

विशेष