News

उपमेयरकी छोरी स्याहार्न नगरपालिकाको खर्चमा सुसारे नियुक्त

उपमेयरकी छोरी स्याहार्न नगरपालिकाको खर्चमा सुसारे नियुक्त

सप्तरीको राजविराज नगरपालिकी कार्यवाहक मेयर (उपमेयर) इसरत प्रविणले आफनो वच्चा स्याहार्न समेत नगरपालिकाको रकम खर्च गरेर सुसारे (ज्यालादारी कर्मचारी) नियुक्ती गरेकी छिन।

आफनो ७ महिनाकी छोरीसहित ४ जना छोराछोरीको स्याहार गर्न करिव २ महिना अघि निशा प्रविणलाई उनले ज्यालादारी कर्मचारीको रुपमा नियुक्त गरेकी हुन। 

यतिमात्रै होईन, उनले आफना आसेपासे÷नातागोता सवैलाई ज्यालादारी कर्मचारीको रुपमा भर्ना गर्न थालेपछि नगरपालिकामा होहल्ला सुरु भएको छ। उपमेयर प्रविणले मात्र हालसम्म पटक–पटक गरी ११ जना कर्मचारी भर्ना गरिसकेको जनाईएको छ।

यही मेसोमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनुले समेत एक जना कर्मचारी नियुक्त गर्न भ्याएको छन् । उनले जनकपुरका पंकज कर्णलाई हेल्थ असिस्टेन्टको रुपमा राजविराज नगरपालिकामा भर्ना गरेका छन्।

कर्णको नियुक्तिसँगै नगरपालिकामा कर्मचारीको नियुक्तिको विवाद वाहिर आएको हो। नगरपालिका सूचना अधिकारी सुरेष कुमार यादवका अनुसार हाल नगरपालिकामा १ सयभन्दा वढि ज्यालादारी कर्मचारी छन। नगरपालिकाकाको आयश्रोतले भएकै कर्मचारी समेत धान्न नसक्ने अवस्थामा थप कर्मचारी भर्ना गर्न थालेपछि नगरपालिका भित्रै विरोध सुरु भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनुले अनावश्यक कर्मचारी भर्ना नगर्न सल्लाह दिदा कार्यवाहक मेयरले उल्टै कर्मचारीलाई भ्रष्टाचारी भन्दै आरोप लगाउन थालेपछि बाध्य भएर नियुक्ति दिनु परेको बताए ।

कार्यवाहक मेयरको दवाव थेग्न नसकेर जसलाई र जहाँ भन्यो त्यही नियुक्ति गरिएको उनले वताए । ‘भने अनुसार कर्मचारीले काम नगरे कर्मचारी जति सवै भ्रष्टाचारी हुन भन्दै मिडियावाजी गर्नु हुन्छ, अनाहकमा वदनामी कमाउनु भन्दा आदेश कार्यान्वयन गरिएको हो।’– उनले भने।

उपमेयरले जथाभावी कर्मचारी नियुक्त गर्न थालेपछि आफुले पनि एक जना हेल्थ असिस्टेन्ट नियुक्त गरेको उनको भनाई छ। 

कार्यवाहक मेयर इसरत प्रविणले भने आफनो सुरक्षाका लागि केही कर्मचारी नियुक्ती गरेको वताउने गरेकी छिन् । उनी मेयर भिमराज यादव निलम्बनमा परेपछि कार्यवाहक मेयर भएकी हुन। 

इसरत प्रविण

विशेष