News

३१ लाख स्रोत नखुलेको रकमसहित न्युरोडबाट तीन पक्राउ 

३१ लाख स्रोत नखुलेको रकमसहित न्युरोडबाट तीन पक्राउ 

हुन्डी कारोबार गरेको आशंकामा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।


विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट  उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल छन् ।


हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले उनीहरूको निगरानी गरेको थियो ।  

उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान गर्न बिहीबार जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ ।

पक्राउ

विशेष