News

देश खारेज गर भन्दै नारा लगाउने हिसिलाकी छोरीका यस्ता छन चुनावी बाचा

देश खारेज गर भन्दै नारा लगाउने हिसिलाकी छोरीका यस्ता छन चुनावी बाचा

पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पुत्री मानुषी यमी काठमाण्डौं ७ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेकी छिन् ।


नीति निर्माण, पारदर्शीता, विभेदरहित र स्वचालित राज्य, शून्य भ्रष्टाचार, डिजिटल प्रविधिबाट प्रभावकारी सेवा, सामाजिक न्यायलगायतका मुद्दा वोकेर उनी मतदाताको घरदैलोमा पुगिरहेकी छिन् । तर, घरदैलो भने उनको लागि सुखद देखिएको छैन। बाबुआमाका कारण उनको आफ्नो पहिचान छायाँमा परेको छ। 

आफु उम्मेदवार भएर जाँदा पनि उनी स्वयम भने बाबुराम भट्टराई र हिसिलाको छोरीको रुपमा चिनिन्छन् । यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन् । बाबुराम र हिसिलाका राम्रा पक्षले मानुषीलाई पनि फाईदै गर्ला। यसको उनले भरपुर फाईदा उठाईरहेकी पनि छन। तर, उनीहरुका नकारात्मक पक्षले भने मानुषीलाई अनन्तकालसम्म नछोड्ने देखिएको छ।


बाबुराम र हिसिला देशका गहना हुन। उनीहरुले देशका लागि गर्न सक्ने योगदान धेरै छ। तर, उनीहरुले सधैं ब्यक्तिगत स्वार्थ र राजनीतिक स्वार्थका लागि काम गर्दा देशलाई गर्नुपर्ने योगदान नगरेको आरोप लाग्छ। खास गरी, बाबुराम अस्थिर, विदेशीको लागि काम गर्ने र हिन्दुधर्म विरोधीका रुपमा आलोचित छन् । भारतीय नेतासँग भिडियो कल गर्दा कोठामा रहेको चुचे नक्सा तौलिया राखेर छोपेको विषयमा पनि उनी विवादमा परेका थिए।

यसैगरी, हिसिलाको नाम भ्रष्टाचार र अवस्था आउँदा देश विरोधी गतिविधि गर्न सक्ने ब्यक्तिका रुपमा परिचित छ। खास गरी ‘यो देशलाई खारेज गर’ भन्दै नेपाललाई खारेज गर्न नारा लगाएपछि हिसिला जनताको नजरमा आलोचित छिन् । 

०७३ चैत २० गते नयाँ शक्ति पार्टीका तर्फबाट निर्वाचन आयोग घेराउ गर्न पुगेकी हिसिलाले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा हिसिला, बाबुराम भट्टराई, सिपी गजुरेललगायत ३० जना नेता कार्यकर्ता पक्राउ परेका थिए।

प्रहरीले गिरफ्तार गर्दै गर्दा हिसिलाले ‘यो देशलाई खारेज गर’ भन्दै एकोहोरो नारा लगाएकी थिईन। त्यसपछि बाबुराम र हिसिलालाई हेर्ने नेपाली नागरिकको दृष्टिकोण सकारात्मक छैन। बाबुआमा माथि लागेका यी आरोपबाट जोगिन मानुषी अहिले भरपुर प्रयत्न गरिरहेकी छिन्। उनी आफनो छुट्टै पहिचान भएकाले बाबुआमको पहिचानसँग जोड्नु पर्दैन भन्दै हिडिरहेकी छिन् ।

तर, बाबुआमाको विरासतमा राजनीति थालेकी उनलाई आरोप÷अपजस पनि विरासतमै प्राप्त भएको छ। उनले कयौं पटक अन्तरवार्तमा र सार्वजनिक कार्यक्रममा यस विषयमा स्पष्टिकरण दिएकी छिन् । यद्यपी बाबुराम र हिसिलाको छाँयाले उनलाई छोडेको छैन।

घरदैलोका क्रममा उनले बाबुआमाको कामसँग सम्वन्धित अनेकौ प्रश्नको सामना गरिरहेकी छिन् । बाबुराम भट्टराईले डेढ वर्ष अघि बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको कुरामा अहिले आएर मिलापत्र गरेको विषय पनि मानुषीसँग जोडिने गरेको छ।

सामाजिक संजालमा धेरैले बाबुरामले छोरीलाई उम्मेदवार बनाउन आफनै थुक चाटेको आरोप पनि लगाएका छन् । बाबुरामले भने बूढीगण्डकीबारे आफूहरुकाबीचमा अव कुनै विवाद नभएको उनले स्पष्ट पारिसकेका छन् ।

यो पनि,

मानुषि म्याडमले गर्नुभयो आर्थिक सहयोगको अपिल

मानुषीलाई प्रश्नः बाबुरामले प्रचण्डमाथि लगाएको आरोप किन फिर्ता लिए ?

गठबन्धनमा मिलेपछि बाबुराम – नौ अर्ब कमिशन खाएको कुरामा अव विवाद छैन

बाबुरामले गोरखामा त्याग होईन, छोरी र बुहारीलाई यसरी भाग दिलाए

बाबुआमाको राजनीतिक डोबमा मानुषीको पाईलाः काठमाण्डौंबाट चुनाव लड्ने

वावुरामको इज्जत वचाउन खोज्दा मानुषी नाङ्गो !

 

मानुषी यमी

विशेष