News

बलात्कार मुद्दामा आज पनि आएन आदेश, सन्दीपको पक्षमा यसरी ओईरिए वकिल

बलात्कार मुद्दामा आज पनि आएन आदेश, सन्दीपको पक्षमा यसरी ओईरिए वकिल

बालिका बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा अदालतले आज पनि आदेश हुन सकेन। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएपछि हेर्दाहेर्दैमा राखिएको छ।

आज प्रतिवादी लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले बहस गरेका छन्। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरे। वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ तथा अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले सन्दीपको पक्षमा बहस गरे।

पीडित भनिएकी किशोरीको पक्षबाट चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरे। सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्री तथा वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। 


त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए। इजलाशले शुक्रबार जवाफी बहस गर्न सरकारी वकिललाई साढे १० बजे बोलाएको छ। अदालतले भोली नै आदेश दिन सक्ने जनाईएको छ। 

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते लामिछाने विरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो। सरकारी वकिलको कार्यालयले उनीविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।

सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। 

यो पनि,

सन्दीप लामिछाने

विशेष