News

मतदाता माग्छन पानी, रविको ध्यान खोपी र गुच्चामा

मतदाता माग्छन पानी, रविको ध्यान खोपी र गुच्चामा

‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झै राष्ट्रिय स्वतन्त्र पार्टीले गुच्चा र खोपी खेललाई अन्तर्राष्ट्रियकरण गर्ने योजना अगाडि सारेको छ। आधारभुत आवश्यक्ता पुरा गर्न नसकी सर्वसाधारणले अकालमै ज्यान गुमाईरहेका वेला पार्टीका सभापति रवि लामिछानेले यस्तो योजना अघि सारेका हुन।

आगामी निर्वाचनका लागि आज सार्वजनिक गरेको वाचा पत्रमा पार्टीले डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका परम्परागत खेलहरुको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गर्ने उल्लेख गरिएको छ।

यति मात्रै होईन, लामिछानेले खेलकुद विश्वविद्यालय स्थापना, अन्तर्राष्ट्रिय स्तरका रंगशालासम्म बनाउने योजना पनि सार्वजनिक गरेका छन् । हरेक वडामा कम्तिमा एउटा खेल मैदान बनाउने उनले वाचा गरेका छन्।

यस्ता छन् स्वतन्त्र पार्टीका खेल सम्बन्धी ५ वाचा

१ ‘नेपाल खेलकुद विश्वविद्यालय’ स्थापना गरी खेल सम्बन्धी सम्पूर्णविषयको अध्ययन अध्यापन गराई दक्ष खेलाडी, प्रशिक्षक, प्राविधिक लगायतका जनशक्ति उत्पादन गर्ने तथा पालिकादेखि राष्ट्रिय तहसम्मका सबै उमेर समूहका प्रतिभालाई खोजी खोजी ल्याउने, तालिम दिने, आर्थिक व्यवस्थापन मिलाउने तथा वृत्तिविकासको बन्दोवस्त गर्ने व्यवस्था गरिनेछ ।

२. २ वर्षभित्र सबै उमेर समूहलाई उमेर अनुसार सक्रिय राख्न प्रत्येक वडामा ६ हजार ७ सय ४३ खेलमैदान, पार्क जस्ता केन्द्रहरु निमार्ण गरिनेछ ।

३. प्रत्येक प्रदेशमा भलिबल, क्रिकेट, फुटबल, मार्सल आर्ट्स् जस्ता खेलहरु खेल्न सकिने गरी बहुउद्देश्यीय अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिनेछ । यसका साथै हरेक पालिकामा मिनि रंगशालाको निमार्ण गरिनेछ ।

४. डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका परम्परागत खेलहरुको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गरिनेछ ।

५. सहकारी मोडल अबलम्बन गरी फुटबल, क्रिकेट जस्ता खेलको राष्ट्रिय लिगलाई व्यावसायिक बनाइनेछ । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने

विशेष