News

शालिकरामको श्राप लाग्न थाल्यो रविलाई ? खुल्न थाल्यो असली रूप

शालिकरामको श्राप लाग्न थाल्यो रविलाई ? खुल्न थाल्यो असली रूप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यति वेला चितवन २ मा भोट माग्न ब्यस्त छन। रविको ध्यान जसरी हुन्छ आफू संसदीय निर्वाचनमा एक सिट जित्ने र समानुपातिकतर्फ देशभरबाट कम्तिमा ३ प्रतिशत मत ल्याउनमा केन्द्रित छ।

त्यसो भयो भने उनको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्छ। समानुपातिकमा जितेको मतका आधारमा प्रतिनिधिसभामा सांसदहरू चुनिन्छन्। राष्ट्रिय पार्टी बन्ने मत अहिलेको भद्रगोल र मुख्य दलहरूप्रतिको असन्तुष्टिका कारण पनि आउने विश्वास उनको छ। 

त्यसैले आफनो निर्वाचन क्षेत्रमा मतदातालाई आफनो पक्षमा पार्न साम, दाम, दण्ड र भेद सवै उपाय प्रयोग गरिरहेका छन्। कांग्रेस, एमाले र माओवादीका नेतालाई सत्तोसराप गर्ने उनले जनता ढाँट्न ति नेतालाई समेत पछि पारेका छन् । रविले सवैभन्दा पहिले चितवनवासीको सहानुभुती बटुल्ने प्रयास गरिरहेका छन् । जहाँ जाँदा पनि पूर्वसहकर्मी शालिकराम पुडासैनी प्रकरणमा चितवनले आफुलाई नयाँ जिवन दिएको र त्यसको ऋण तिर्न चितवन आएको बताउँछन् ।

तर, उनै पुडासैनीले मर्नु अघि दिएको अभिब्यक्तिले रवि संकटमा छन् । पुडासैनीले भनेका थिए–‘अन्धभक्तहरूले रवि राम्रो हो भन्लान् तर रविको असली रूप देखिन अझै केही वर्ष लाग्छ। बालुवा तस्करहरू, ठूलाठूला व्यापारीहरू, ठूलाठूला उद्योग र सिमेन्ट फ्याक्ट्रीसँग करोडौं असुलेका छौ रवि तिमीले। त्यो पैसाले तिमीलाई एकदिन पोल्छ, पोल्छ हेरिराख।’

यति हुँदाहुँदै पनि रवि घरघरमा गएर चिल्ला कुरा गर्न भने छोडेका छैनन्। यतिसम्म की ‘पानीको दुःख छ नानी’ भन्ने एक स्थानीय महिलालाई उनले चुनाव लगत्तै घरमा पानी ल्याई दिने वचन दिए। महिलाले लगाई दिन लागेको खादा पनि ‘पानी ल्याईदिएपछि लगाउँछु। यो मेरो खादा सुरक्षित राख्नु होला’ भन्दै खोक्रो आश्वासन दिए ।

उनी मतदाताको अगाडि देश प्रेम देखाउँछन्। अधिकांश कार्यक्रममा नेपालको राष्ट्रिय झन्डा ओढेर पुग्छन्। आफ्नो भाषण सकेपछि स्टेजमा नेपालको झन्डा फहराउँछन्। पार्श्वमा ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो’ बोलको गीत बजिरहेको हुन्छ। यति मात्रै होईन, कुनै बेला देश नै त्यागेर अमेरिकाको नागरिकता लिएका र नेपाल फर्किएपछि पनि त्यसलाई कायम राख्न भरपुर प्रयत्न गरेका उनी अहिले नेपालमा बनेकाबाहेक लुगा नै लगाउँदिनँ भनेर मतदातासामु कसम खाँदैछन्।

आफनो भाग्य समाजलाई हस्तान्तरण गर्न चितवन आएको भन्छन्। ‘म चुनाव जित्ने ठाउँ खोजेर हिडेको होईन, काम गर्ने ठाउँ खोजेर हिडेको’ भन्छन्। तर, जनतलाई विश्वास दिलाउन सकेका छैनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई हराउन चितवन ३ मा उम्मेदवारी दिने घोषणा गरेका उनले अन्तिम समयमा निर्वाचन क्षेत्र परिवर्तन गर्नु र चितवन ३ का उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग २ करोड लिएको हल्ला चल्नुले उनको नियत माथि मतदाताले प्रश्न उठाई रहेका छन्।

रविले विक्रम पाण्डेलाई निर्वाचन क्षेत्र वेचेको भन्दै उनकै कार्यकर्ता असन्तुष्ट छन् । यद्यपी उनले आफु इमान्दार र बाँकी सवै भ्रष्ट हुन भन्न भने छोडेका छैनन् । ‘हाम्रो पुस्ता ब्यक्तिगत स्वार्थमा लिप्त भएर, आफन्तहरुलाई पोसेर, आफना मान्छेहरलाई ठेक्कापट्टा वाँडेर, आफना कार्यकर्तालाई जागिर ख्वाएर देशको ढुकुटी लुट्दैन हाम्रो पुस्ता, हाम्रो पुस्ता देशको ढुकुटीको पाले भएर वस्छ’ उनी भन्छन्–‘एक रुपैयाँ कसैलाई चोर्न दिदैनौं। देशको ढुकुटीको पाले हुँ। जवसम्म देशको राजनीतिमा रहन्छु, यो देशको ढुकुटीमा कसैलाई एक रुपैयाँ कसैलाई लुट्न दिन्न।’

तर, उनका यि अलाप जनताले पत्याई दिएका छैनन्। जनता भन्छन्–‘नानीलाई जितको शुभकामना छ, तर भोट चै हामी चितवनवासीलाई नै दिन्छौ।’ खास गरी प्रचण्डलाई हराउँछु भनेर पाण्डेसँग लिएको २ करोड, चितवनमा घर, उनले प्रयोग गर्दै गरेको करिव १ करोडको हाईलेक्स गाडी, चुनाव लड्ने करिव ३ करोड खर्च, अमेरिका वस्ने पहिलो परिवारलाई दिने खर्च, आसेपासेलाई पाल्ने खर्चको श्रोत के हो ? भनेर जनताले उनलाई प्रश्न गरिनै रहेका छन् । तर, उनले यसको जवाफ आफनै कार्यकर्तालाई समेत दिएका छैनन्।

यति मात्रै होईन, उनी मुखका मात्रै इमान्दार हुन भन्ने कुरा ब्यवहारबाटै पनि प्रष्ट हुन थालेको छ। पार्टी निर्माण भएको २/३ महिना नवित्दै रविले भ्रष्टाचार गरेको आरोप लगाउँदै कतिपय नेताकार्यकर्ताले पार्टी छोड्न थालेका छन् ।

रवि र उनको टिमले कार्यकर्तासँग उठाएको लेवी र टिसर्ट वेचेको पैसामा समेत भ्रष्टाचार गरेको आरोप लगाएर इटहरीमा भर्खरै नेता/कार्यकर्ताले पाटी त्यागेका छन् । उनीहरुले पार्टीको ब्यानर समेत च्यातेर धुजाधुजा पारे।

रवि आर्थिक मामलामा इमान्दार छैनन भन्ने कुराको अर्को प्रमाण केही समयअघि उनले चलाउने घोषणा गरेको कार्यक्रम ‘द लिडर’ पनि हो। ०७६ मंसिर २६ मा त्यो कार्यक्रम घोषणा गरिएको थियो। ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका उनले हरेक सहभागिबाट १ हजारका दरले पैसा उठाए। तर, त्यो कार्यक्रम उनले संचालन नै गरेनन्। कयौं ब्यक्तिले अहिलेसम्म त्यो १ हजार समेत फिर्ता नपाएको भन्दै गुनासो गर्ने गरेका छन्।

रविले अमेरिका वस्दा समेत कतिपय नेपालीलाई काम गराएर पारिश्रमिक नदिएको आरोप अहिलेसम्म लाग्ने गरेको छ। तर, उनी आफु भने स्वयमलाई देशको एक मात्र इमान्दार ब्यक्तिका रुपमा चित्रण गर्न लागि परेका छन् । कतिपय चितवनवासी भन्छन्–‘टेलिभिजनमा काम गर्दाको क्रेजका कारण सेल्फी खिचाउन आउँने सवैलाई मतदाता वुझेर रवि भ्रममा परेका छन्। बाँकी कुरा त चुनावले देखाउँछ।’

यो पनि,

रवि लामिछाने

विशेष