सन्दीप लामिछानेको बैंक खाता हेर्दा सरकारी वकिल जिल्ल !
क्रिकेटर सन्दीप लामिछाने बालिका बलात्कारको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा दुई खालका प्रतिक्रिया आईरहेका छन्। कसैले सन्दीपलाई गलत भनिरहेका छन् भने कतिपयले आरोप लगाउने किशोरीलाई नै गलत भएको ब्याख्या गरिरहेका छन्।
किशोरीलाई गलत देख्नेहरुले ति किशोरीले सन्दीपको सम्पत्ति देखेर षडयन्त्र गरेको वनाउने गरेका छन् । तर, सन्दीपको बैंक खातामा भने जम्मा ६५ हजार रुपैयाँ मात्र फेला परेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले एनआईसी एसिया बैंकको खातामा रहेको उक्त रकम रोक्का गर्न माग गरेको छ।
आईतवार लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने क्रममा उनको खातामा रहेको नगद तथा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको हो।जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ छ।
लामिछानेविरुद्ध जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्न माग गरिएको हो। सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ।
सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् ।
यो पनि,
- फेला पर्यो सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरी बालिका नभएको प्रमाण
- बलात्कार आरोप लागेका सन्दीपमाथि थुनछेक बहस आजबाट, छुट्लान् कि जेल जालान्?
- सन्दीप प्रकरणमा किशोरीको बयानः पहिलो पटक निन्द्रामै बलात्कार गरे
- सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस किन रोकियो ?
- सन्दीप लामिछानेलाई कारागार पुर्याउने यो हो प्रहरीको अचुक अस्त्र
- किशोरीको नागरिक्ताका आधारमा सन्दीप विरुद्ध मुद्दा चलाउने तयारी
- सन्दीप र पल शाहलाई षडयन्त्र पुर्वक फसाईएको बरिष्ठ अधिवक्ताको दावी
- सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति
- सन्दीपको दावीमा मोहनाको आपत्तिः विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दैछन्
- सन्दीपलाई आरोप लगाउने किशोरीका दुईटा जन्मदर्ता, ७ दिन हिरासतमा राख्न अनुमति
- सन्दीप लामिछाने पक्राउ, किन लुकाए हतकडी र अनुहार ?
- बलात्कार आरोपी लामिछाने आज १० बजे काठमाण्डौं उत्रने
- २० गते साँच्चै आउँदैछन सन्दिप लामिछाने ?, यस्तो छ उनको योजना
- १३५ देशका प्रहरी सन्दीप लामिछानेको पछाडि, जारी भयो डिफ्युजन नोटिस
- बलात्कार आरोपपछि सम्पर्क विहिन भएका सन्दिप लामिछाने फर्कदै
- सन्दिपलाई १२ वर्षसम्म हुनसक्छ कैद, बलात्कार आरोपको लडाईमा उनले क्यान गुहारे