News

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर काठमाण्डौंको लाजिम्पाटमा एक बालकको मृत्यु भएको छ। बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलकाको कक्षा ५ मा पढ्ने १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो।

बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा टाउको ठोक्किएर बालक गम्भिर घाइते भएका थिए। उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

वुधवार घाईते भएर अस्पताल भर्ना भएका बालकको आज बिहान सवा २ बजे मृत्यु भएको एसपी दिनेशराज मैनालीले बताए । प्रहरीका अनुसार गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए।

प्रहरीले बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएको छ भने शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ। 
 

विशेष