News

वडाध्यक्षको नेतृत्वमा उम्मेदवारलाई गाउँ प्रवेशमा रोकः ‘नो रोड नो भोट’

वडाध्यक्षको नेतृत्वमा उम्मेदवारलाई गाउँ प्रवेशमा रोकः ‘नो रोड नो भोट’

सर्लाहीको कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवारलाई गाउँ प्रवेश गर्न निशेध गरेका छन् ।  प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेनाका स्थानीय युवाले ‘नो रोड नो भोट’ भन्दै उम्मेदवार र तिनका नेतालाई गाउँ प्रवेशमा रोक लगाएका हुन।


प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचार प्रसार गर्न थालेपछि युवाहरुले ‘नो रोड नो भोट’ को अभियान सुरु गरेका हुन। उनीहरु हुलाकी राजमार्गमा ढाट राखेर वसेका छन् ।

टायर बालेर विरोध प्रदर्शन गरिरहेका उनीहरुले हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोश ब्यक्त गरिरहेका छन । प्रदर्शनको नेतृत्व कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले गरेका छन् ।

सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।

विशेष