News कभर स्टोरी

देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकाल देउवाकै चुनावी प्रचारप्रसारमा

देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकाल देउवाकै चुनावी प्रचारप्रसारमा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल देउवाकै चुनावी प्रचारप्रसारमा सहभागि भएका छन् । देउवा बिहीबार चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा पुग्नेभएपछि ढकाल पनि माला लिएर स्वागत गर्न लाइनमा बसेको भेटिएका छन् । देउवा स्वागतका लागि नेपाली काँग्रेसका कार्यकर्तासँगै ढकाल पनि माला लिएर लाइनमा उभिएको तस्विर अहिले चर्चामा आएको छ । 

झण्डै पाँच वर्षअघि एक टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर देउवाको हप्की खाएका ढकालले आगामी निर्वाचनमा देउवालाई परास्त गर्ने भन्दै डडेल्धुराबाट उम्मेदवारी दिएका छन् । 
 

विशेष