News मनोरञ्जन

मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे समलैंगिक विवाह

मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे समलैंगिक विवाह

अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन् । सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन् ।

२६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए । आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन् ।


सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै उनीहरूले विवाह गरेको जानकारी दिएका हुन् ।


सन् २०२० मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरूबीच भेट भएको थियो । उक्त प्रतियोगिताको टप १० सम्म पुगेका दुबै जना त्यसपछि साथी बनेका थिए ।

उनीहरू दुई जनाले विवाह गरेपछि प्रशंसकहरूले बधाई दिएका छन् । अर्जेन्टिना र पुर्टो रिकोमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिइएको छ ।  

विशेष