News

भारतमा शिव सेनाका नेताको गोली हानी हत्या 

भारतमा शिव सेनाका नेताको गोली हानी हत्या 


पन्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर एक हिन्दूवादी नेताको गोली हानि हत्या गरिएको छ ।


हिन्दूवादी नेता सुधीर सूरीको गोली हानेर हत्या गरिएको हो । उनी भारतीय हिन्दुवादी संस्था शिव सेनाका नेता थिए ।  यसअघि उनलाई गोली लाग्नेवित्तिकै स्थानीय अस्पतालमा पुर्याइएको थियो । तर, अदालतमा उनलाई डाक्टरहरुले मृत घोषित गरे ।

गत वर्ष जुलाईमा उनले एक समुदायप्रति आपत्तिजनक टिप्पणी दिएको भन्दै उनको गिरफ्तारसमेत गरिएको थियो ।

विशेष