News

प्रचण्डको ओभर कन्फिडेन्सः मेरा प्रतिस्पर्धी को हुन भन्ने नै पत्ता लागेको छैन

प्रचण्डको ओभर कन्फिडेन्सः मेरा प्रतिस्पर्धी को हुन भन्ने नै पत्ता लागेको छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ मा आफु विरुद्ध प्रतिस्पर्धी को हो भन्ने नै पत्ता नलागेको वताएका छन् । 

गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा दाहालले गोरखा २ मा आफनो प्रतिस्पर्धी नै नभएको वताए । ‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएजस्तो मानेको छु। प्रतिस्पर्धी मैले पत्ता लगाउन सकिनँ,’ उनले भने, ‘प्रतिस्पर्धी देखेको पनि छैन, चिनेको पनि छैन।’

चुनाव तयारी क्रममा गोरखामा रहेका दाहालले आज मात्रै ५ वटा सभालाई सम्बोधन गरेका छन्। गोरखामा ४४ वटा सभा गर्दा आफूले प्रतिस्पर्धी को हुन् भन्ने पत्ता लगाउन नसकेको उनको भनाइ थियो।

गोरखा २ मा नेकपा एमालेबाट अब्दुस मियाँ, राप्रपाबाट सुशील पन्त, नेपाली कांग्रेस बिपीबाट टीकादत्त पोखरेललगायत उम्मेदवार छन्। 

विशेष