News

देउवा प्रधानमन्त्री भएकैमा डढेलधुरावासीले किन गर्व गर्नु ?

देउवा प्रधानमन्त्री भएकैमा डढेलधुरावासीले किन गर्व गर्नु ?

चुनाव नजिकिदै जाँदा उम्मेदवारहरु मतदातालाई विभिन्न आश्वासन दिएर भोट मागिगरहेका छन्। तर, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने गृहनगरमा पुगेर चुनाव जिते आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन्।

शुक्रबार गृहपालिका गन्यापधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले आफु प्रधानमन्त्री हुनु नै जनताका लागि सवै थोक भएझै गरी ‘चुनाव जिताएर पठाए फेरी प्रधानमन्त्री बन्ने अवसर पाउने’ बताए ।

‘तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु।’– उनले भने। संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए। ‘संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ,’ उनले भने।

देउवाले मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताए। डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावी सभा र भेटघाटमा व्यस्त छन्।

यो पनि,

विशेष