News राजनीति

एकनाथलाई भित्र्याएर एमालेलाई ईसाईकरण गर्ने क्रममा ओली, हिन्दुवादीहरुको चर्को विरोध

एकनाथलाई भित्र्याएर एमालेलाई ईसाईकरण गर्ने क्रममा ओली, हिन्दुवादीहरुको चर्को विरोध


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रिश्चियन प्रचारक एकनाथ ढकाललाई भित्र्याएर नेकपा एमालेलाई नै इसाईकरण गर्ने अभियानमा रहेको भन्दै चर्को विरोध भइरहेको छ। एमालेले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री एकनाथ ढकाललाई खसआर्य (पुरुष) क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ। विवादास्पद इसाई धर्म प्रचारक संस्थासँग संलग्न ढकालले विगतमा एमालेकै नेताहरुलाई समेत विवादित बनाएका थिए। 

विसं २०७५ को मंसिरमा काठमाडौंमा आयोजित एक सम्मेलनमा नेताहरुलाई ‘होली वाइन’ खुवाउने प्रबन्ध गरेको भन्दै उनको आलोचनासमेत भएको थियो। ढकालकै अग्रसरतामा भएको उक्त धर्म प्रचारक संस्थाको सम्मेलनमा एमाले अध्यक्षलाई एक लाख डलरको ‘लिडरसीप एण्ड गुड गभर्नेन्स’ अवार्ड प्रदान गरिएको थियो।

यसैगरि सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोग महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विसं २०७२ सालमा पक्राउ परेको आङकाजी शेर्पालाई बीस हजारको धरौटी बुझाएर जिल्ला अदालतबाट तारिखमा रिहाइ गरिएको थियो। 

हिन्दु धर्मावलम्बीहरू प्रति विष वमन गर्दै विगतमा नेपालको एकीकरण अभियानलाई नेतृत्व गरेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहबारे फेसबुक मार्फत निन्दासहित कीर्तिपुरमा थुक्ने कार्यत्रममा सहभागी हुन् अनुरोध गर्ने जस्ता घृणित कार्य गर्दै आएको शेर्पालाई जसपाबाट समानुपातिकको आदिवासी जनजाति क्लस्टर मा दोस्रो स्थान दिइएको छ। यस्तै विवादास्पद अभिव्यक्ति दिने गरेको ले सोलुखुम्बु जिल्ला कमिटीका तत्कालीन उपसचिव हुँदा हुँदै शेर्पालाई एमाले पार्टीबाट निश्कासन समेत गरिएको थियो।

तर अहिले हिन्दुत्व आस्थाका चरम विरोधी तथा इसाई धर्म प्रचारकहरूलाई सांसद बनाउन लागिएको देखिन्छ। धार्मिक कारणबाट राजनीतिक अभीष्ट दिलाउने यी दलहरूबाट ८० प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बीहरूलाई बेवास्ता गरेको भन्दै हिन्दुवादीहरुले चर्को विरोध गरेका छन्। इसाई, इस्लाम र हिन्दुत्व विरोध गर्नेलाई उच्च तहबाट सम्मानित गराउने तर हिन्दु बहुल राष्ट्रमा नै हिन्दूलाई अपहेलित हुनुपर्ने स्थिति सिर्जना गर्न केपी शर्मा ओली र उपेन्द्र यादव मतियार बनेका छन्।

विशेष