News

चुच्चे नक्सा लिएर मतदाताका घरमा पुगेकी पद्मा अर्याललाई प्रश्न– यहाँ यो चुच्चे नक्साको के काम? 

चुच्चे नक्सा लिएर मतदाताका घरमा पुगेकी पद्मा अर्याललाई प्रश्न– यहाँ यो चुच्चे नक्साको के काम? 

स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्, नेकपा एमालेकी पद्मा अर्याल । 


पद्मा अर्यालले केही दिनअघि देखि नै आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरिसकेकी छिन् । घरदैलो कार्यक्रममा उनले नेपालको चुच्चे नक्सा लिएर पुगेकी छिन् ।

नेपालले आफ्नो भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दा अर्याल भूमिसुधार मन्त्री थिइन् । उनले आफ्नो कार्यकालमा नेपालको सबै भूभाग समेटिएको नक्सा जारी भएको भन्दै मतदाताको घरमा चुच्चे नक्सा लिएर पुगेकी हुन् ।

तर, यसलाई उनका मतदाताले रुचाएका छैनन् । सामाजिक सन्जालमा निकै चर्चामा रहेको अहिलेको एक भिडियोमा अर्याललाई त्यहाँका मतदाताले सोध्छन्– यो नक्साले हाम्रो यो क्षेत्रमा के गर्छ र ? यो जारी त भयो तर पाठ्यपुस्तकमा त आएन नि ?


भिडियोमा मतदाताको यस्तो प्रश्नको कुनै जवाफ दिन सक्दिनन्, पद्मा अर्यालले ।

पद्मा अर्याल उम्मेदवार

विशेष