News

अमेरिका उड्न दोहोरो नागरिकता बनाउने राई राजदुतावासबाट हिरासतमा

अमेरिका उड्न दोहोरो नागरिकता बनाउने राई राजदुतावासबाट हिरासतमा

दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उदयपुर वेलका नगरपालिका ७ बस्ने ४१ वर्षीय अशोक भन्ने ओमबहादुर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।


उनलाई काठमाडौं महानगरपालिका(३ महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनले दोहोरो नागरिकता र राहदानी बनाएर अमेरिका जान लागेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

उक्त सूचनापछि दूतावाससँग समन्वय गरी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । 

विशेष