News

यस्ता अराजक र असामाजिक छन् रवि लामिछानेका समर्थक

यस्ता अराजक र असामाजिक छन् रवि लामिछानेका समर्थक

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति नजिदै गएको छ। देशभर उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । सवै उम्मेदवारका सकारात्म÷नकारात्मक पाटा छन् । सवैको विश्लेषण सहितका समाचारहरु पनि सार्वजनिक हुँदै आएका छन् ।

पुर्व सञ्चारकर्मी रवि लामिछाने पनि चितवन २ मा चुनावी प्रतिस्पर्धामा छन् । उनका पनि सकारात्मक/नकारात्मक पक्ष छन् । विशेषगरी अमेरिका वसाईका क्रममा उनको ब्यापार, नेपाली नागरिकहरुसँगको सम्वन्ध, परिवार  र त्यहाँका महिलाहरुसँगको सम्वन्ध, अमेरिकाको अदालतमा परेका मुद्दा, नेपाल फर्किसकेपछि ग्रिन कार्ड लुकाउन गरेको परिश्रम, सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या, उनको कारागार वसाई, चितवनमा उम्मेदवारी दिने घोषणापछि पैसा लिएर निर्वाचन क्षेत्र परिवर्तन गरेको आरोप लगायतका विषयमा उनको टिकाटिप्पणी भईरहेको छ। समाचारहरु पनि सार्वजनिक भईरहेका छन् ।

तर, रवि वाहेक आफनो समेत अस्तित्व नदेख्ने कतिपय उनका समर्थक समाचारप्रति निर्मम रुपमा प्रस्तुत भईरहेका छन् । रविका अधिकांश समर्थक जथाभावी बोल्ने, मुख छाड्ने, अपशब्द प्रयोग गर्ने देखिएका छ। उनीहरुको प्रश्तुती हेर्दा आफनो जिम्मेवारी पनि रविले नै पुरा गरिदिन्छन झै देखिन्छ। आफु केही नगर्ने तर, अरुको अन्धभक्त भएर प्रस्तुत हुने यि समर्थक निष्ठा र सिद्धान्तभन्दा पनि पैसाको पछाडि कुदेको स्थानीयहरु वताउँछन्।

विशेषगरी यि समर्थक रविप्रतिको नकारात्मक टिप्पणीसुन्न तयार छैनन्। त्यसैले उनीहरु मोवाईल र प्रविधिको उपयोग गरी धारे हात लगाउँछन्। सामाजिक संजाल र अनलाईन पोर्टलमा अपशब्द प्रयोग गरेर गाली गर्छन। रविका अधिकांश समर्थक छद्मभेसी छन् । धेरै विदेशमा वसेर नेपालमा वसेकाहरुलाई गाली गर्छन।

त्यसैले उनीहरु सामाजिक सञ्जालमा ‘फेक आईडी’ प्रयोग गर्छन। गाली गर्न र धम्क्याउन प्रयोग गरिने अधिकांश सामाजिक सञ्जालका आईडीमा उनीहरुको वारेमा जानकारी पाईदैन। सामाजिक सञ्जालमा धम्क्याउने, छाडा वोल्ने र अराजक वन्ने कतिपय ब्यक्ति रोजगारका क्रममा विदेशमा छन् । उनीहरुलाई नेपालको राजनीति र चुनावका वारेमा खासै धेरै मतलव छैन। उनीहरुको उदेश्य भनेको प्राय सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नु, अरुको मानमर्दन गर्नु र त्यसैबाट आनन्द लिनु हो। 


 

रवि लामिछाने

विशेष