News

सुदूरका सुन्दरको ‘तहल्का’ बजारमा 

सुदूरका सुन्दरको ‘तहल्का’ बजारमा 

सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङका कलाकार सुन्दर बोहरा अभिनित 'तहल्का मच्चाइदे' म्यूजिक भिडिओ सार्वजनिक भएको छ । उमाशंकर जोशीको स्वर, लय तथा संगीत रहेको गीतको अभिनयको लिड रोलमा बोहराले कलाकार सविता राईसँग स्क्रिन सेयर गरेका छन् । 

सुदूरपश्चिमेली शब्द रहेको डीजे देउडा गीत काठमाडौँका विभिन्न ठाउँमा सुटिङ भएको थियो । 


शुक्रबार ‘उमाशंकर जोशी’ युटुब च्यानलबाट सार्बजनिक भएको गीतले स्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ । गीतको म्यूजिक भिडिओमा रमित बोहरालयागत सहायक रोलमा देखिएका छन् । उक्त गीतको निर्देशन दिनेश सिहं ठकुरीले गरेका छन् ।

विशेष