कांग्रेसलाई डेमोक्रेसी व्यवहार मन नपर्ने ओलीको ठोकुवा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई डेमोक्रेसी शब्द मन परेपनि व्यवहार मननपर्ने ठोकुवा गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसलाई डेमोक्रेसी शब्दमात्रै मन परेको बताए ।
‘कांग्रेसलाई डेमोक्रेसी शब्द मनपर्छ, व्यवहार मनपर्दैन । कांग्रेसले डेमोक्रेसी भन्ने शब्द भनिरहन्छ। तर व्यवहार गर्दैन,’ उनले भने, ‘सम्मेलन हुन थाल्यो भने कुर्सी हान्छ । त्यहाँ त विचारको मनथन हुनपर्थ्यो होला, छलफल हुनुपर्थ्यो होला नी । कुर्सी हानाहान हुन्छ ।’
यस्तै सरकारमा हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिल्यै समर्थन नगरेको बताए ।
‘सरकारमा हुँदा सरकारको पक्षमा कहिल्यै एक शब्दमा पनि समर्थन गरेनन् । पार्टीको पक्षमा बोलेनन् । लिडरसिपको पक्षमा बोलेनन्, पार्टीको पोलिसीको पक्षमा बोलेनन्,’ उनले भने ।