देउवाकी बुढी चिप्लिएको चिप्लियै
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाकी धर्मपत्नी डा. आर्जु राणा देउवा यती बेला डडेल्धरामा छन् । श्रीमान देउवाको चुनावी प्रचारप्रसारमा होमिएकी राणा पुनः भाषण गर्दा बोलिमा चिप्लिएपछि आलोचनाकी पात्र बनेकी छन् ।
केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन् । यस्तै उनले आफ्ना उम्मेद्वारलाई जिताए फ्रिमा केहि युवालाई मलेसिया पठाइदिने बताइन् ।
उनै आरजु फेरि अभिव्यक्तिका कारण विवादमा तानिएकी छन् । आफ्ना पति तथा काँग्रेसका उम्मेद्वार शेरबहादुर देउवाको चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा पुगेकी आरजुले हेलिक्पटर चढेर आउन सक्नेलाई भोट दिन आग्रह गरेकी छन् ।
शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गदैृ डा आरजुले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन ।
‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं । आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस् ।’
डा. आर्जु राणा देउवा