News

समिक्षा अधिकारी स्टेजमा चढेपछि ढुङ्गामुढा...

समिक्षा अधिकारी स्टेजमा चढेपछि ढुङ्गामुढा...

गायिका समीक्षा अधिकारीमाथि सांगीतिक कार्यक्रमको स्टेजमै ढुंगा प्रहार भएको छ। शुक्रवार राती संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–६ पाङ्ठा बजारमा गीत गाउन स्टेजमा चढेलगत्तै उनीमाथि ढुङ्गा प्रहार भएको हो।

समिक्षाले आफनो प्रस्तुति दिइरहँदा होहल्ला भएको र त्यसैविचमा ढुङ्गा प्रहार भएको थियो। यो घट्नाले कार्यक्रमस्थलमा तनाव भएको थियो। ढुंगा हानिएपछि समीक्षाले स्टेजबाटै त्यस्तो नगरिदिन भनेकी थिइन्। उनले भनिन्– ‘तपाईंको घरमा पनि दिदी बहिनी होलान्, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि!’

ढुङ्गा हान्ने को थिए भन्ने खुलेको छैन। 
 

विशेष