News राजनीति

नो नट एगेनप्रति ओलीको ब्यंग्यः संसद भनेको चाख्ने ठाउँ हो, चाख भनेर संविधानमै लेखौं

नो नट एगेनप्रति ओलीको ब्यंग्यः संसद भनेको चाख्ने ठाउँ हो, चाख भनेर संविधानमै लेखौं

गत कात्तिक ८ गते निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नो नट एगेन’ शीर्षकका फेसबुक पेज र ग्रुपहरु हटाउन आदेश दियो। 

आयोगको उक्त विज्ञप्तिपश्चात सामाजिक सञ्जालमा यतिबेला ती पेजहरु झन् धेरै चर्चामा छन् । ‘नो नट अगेन’ को अर्थ ‘अहँ, फेरि हुँदैन’ भन्ने हो। उक्त पेजमा दलका शिर्ष नेताहरुलाई दोहो-यान नहुने र उनीहरुलाई ससम्मान विदा गर्न अपिल गरिएको छ।

जताततै, जस्ले पनि नो नट एगेन भन्न थालेपछि नेताहरु पनि झस्किएका छन् । हरेक सार्वजनिक कार्यक्रम तथा अन्तरवार्ताहरुमा नेताहरुले नो नट एगेनको सामना गर्नु परिरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यो अभियानलाई द्वेशपुर्ण भएको अर्थमा विश्लेषण गरेका छन् । एउटा टेलिभिजन अन्तर्वातामा उनले ‘नो नट एगेन’ गलत मनसायले अभिप्रेरित रहेको पुष्टि गर्न खोजेका छन् ।

‘बारम्वार वहाँहरुलाई ? नयाँ पुस्तालाई अवसर नहुने ? भयो अव। ३३ वर्ष हामीले कांग्रेस ब्यहो-यौं, कम्युनिष्ट ब्यहो-यौं, पाका नेताहरु ब्यहो-यौं। अव युवा पुस्ताको’ भन्ने स्लोगन चलेको छ। सुन्नु भएको छ ?’ भन्ने प्रश्नमा ओलीले नेपाली सेना र नेपाल प्रहरीको उदाहरण दिदै त्यो हुनै नसक्ने दावी गरेका छन् ।

‘प्रधानसेनापति...। अव यो वुढो प्रधानसेनापतिबाट के हुन्छ, म युवा छु, २२ वर्षको भएँ। प्रधानसेनापति किन नहुने? त्यो पनि हुन्छ ? आइजिपी अव किन, कति दिन अव यो अफिसरहरुको झोला बोक्ने मैले ? कति दिन यो अफिसरहरुलाई सलाम गर्ने ? म त्यो गर्दिन, मलाई आइजिपी चाहियो एकैचोटी। यो युवा स्प्रिट हो र ?’ ओलीले भनेका छन्–‘युवाहरु आउनु भए हुन्छ। संसदमा दुई तिहाई ल्याउनु भए हुन्छ। संविधानमा एक पल्टभन्दा दुई पल्ट हुन नपाईने भन्नु भए हुन्छ। त्यो संविधान वनाउनु भए हुन्छनी त।’

‘एक पल्टभन्दा दुई पल्ट उठाउन नपाउने, अनुभव हाँसिल गरेको कोही पनि मान्छे संसदमा आउन नहुने, अनुभव हाँसिल गरेको अनुभवी कोही पनि सरकारमा आउन नहुने’ ब्यवस्था गरे भयो नी त भन्दै उन्ले अभियानप्रति ब्यंग्य गरेका छन् ।

‘अनुभवहिन...। एक पल्टभन्दा वढि...। यो काम गर्ने ठाउँ होईन, चाख्ने ठाउँ हो। चाख, भनेर संविधानमै लेखेपनि भो।’– ओलीले भने।
 

केपी शर्मा ओली नो नट एगेन

विशेष