News

गगन थापामाथि ज्ञानेन्द्र शाहीको हमलाः ब्राण्डेड भिखारी हौं भन्नोस

गगन थापामाथि ज्ञानेन्द्र शाहीको हमलाः ब्राण्डेड भिखारी हौं भन्नोस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक कार्यक्रममै नेपाली कांग्रेस र महामन्त्री गगन थापाको धज्जी उडाएका छ। जुम्लाबाट प्रतिनिधि सभा सदस्यका लागि तयारी गरिरहेका शाकीले चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस र महामन्त्री थापाको पर्दाफास गरेका छन् ।

उनले नेपाली कांग्रेस देशद्रोही, भ्रष्टाचारी र अपराधीहरुको पार्टी भएको वताए । महामन्त्री गगन थापालाई लक्षित गर्दै उनले नेपाली कांग्रेसलाई ब्राण्डेड भिखारीहरुको पार्टी भन्दै आलोचना गरे। कांग्रेसको नाम अव नेपाली कांग्रेस नभएर मगन्ते कांग्रेस राख्नु पर्ने उनको भनाई छ।

‘कांग्रेसका साथीहरु घर–घर जाउ। देशद्रोही, भ्रष्टाचारी, अपराधी हामी कांग्रेस हौ भन वरु’ शाहीले भने–‘ट्याक्क यस्तै (आईजी कार्ड) लाउने अगाडि । यसमा लेख्ने (आईजी कार्ड)– एमसीसी पास गर्ने कांग्रेस, महाकाली सन्धी गर्ने कांग्रेस, गण्डक सम्झौता गर्ने कांग्रेस, देशका ४४ वटा संस्थान वेच्ने कांग्रेस, मुलुकलाई वर्वाद पार्ने कांग्रेस, वाईडवडी काण्ड गर्ने कांग्रेस, एनसेल घोटाला गर्ने कांग्रेस। निर्मला पन्तको हत्यापछि अपराधी लुकाउने कांग्रेस...।  यो लेख्ने, घरघरमा जाने।’ 

संसदबाट एमसीसी अनुमोदन गर्ने क्रममा कांग्रेस महामन्त्री गगन थापाले बोलेको कुरालाई शाहीले थप आलोचना गरेका छन् । ‘अनि तलपटी (आइडी कार्डको) लेख्ने – म व्राण्डेड भिखारी... भनेर’ उनले थपे – ‘हेल्लो.. हजुर हामीलाई भोट देउ। हामी माग्न जान्छौं। चाईनासँग ७० अर्व माग्छौं। अमेरिकासँग ६० अर्व माग्छौं। र भारतसँग ८० अर्व मागेर देश बनाउँछौं। हामी मगन्ते नारायण हौं। नेपाली कांग्रेस पार्टीको नाम अव, नेपाली कांग्रेस होईन। मगन्ते कांग्रेस राख्न आवश्यक छ।’

०७८ फागुनमा बसेको संघीय संसद्को रोष्ट्रममा उभिएर थापाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणसहित पारित गर्नुअघि उनले आफ्नो विचार प्रस्तुत गर्दा अमेरिकालगायत जुनसुकै देशले अनुदान दिए पनि स्वीकार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । एमसीसीपछि अन्य देशसँग पनि पैसा मागेर देश वनाउनु पर्ने उनको भनाई थियो।

उक्त अभिव्यक्तिपछि ‘विदेशी राष्ट्रबाट मागेर नेपाल चल्छ ?’ भन्दै थापाको चौतर्फी आलोचना भएको थियो। 

विशेष