News

चितवनका लागि अभिश्राप बन्दै रवि लामिछाने, खुट्टा कमाउन थाले लगानीकर्ता

चितवनका लागि अभिश्राप बन्दै रवि लामिछाने, खुट्टा कमाउन थाले लगानीकर्ता

मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाटै उम्मेदवारी दिने घोषणा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्तिम समयमा गोरखा पुगेपछि चितवनवासी स्तब्ध छन्।

खासगरी कामको मुल्यांकन भन्दा पनि ब्यक्तिगत स्वार्थ पुरा नभएका, फिल्ली शैलीमा परिवर्तनको आशा गर्ने तथा चर्को भाषण र अरुलाई गाली गरेर सन्तुष्टि लिने तप्का वाहेक दाहालको वहिर्गमनले चिन्तित छन्।  

दाहालका कारण चितवनको विकास निर्माणको सम्भावना देखेका सर्वसाधारण तथा लगानीकर्ता पछुतो मान्न थालेका छन् । उनीहरुका अनुसार विकास निर्माणका लागि दाहालले चितवनमा जुन बजेट ल्याउने गरेका थिए वा भविष्यमा ल्याउने थिए, त्यो अव वन्द भएको छ। दाहालले छोडेपछि चितवनको विकास अव फेरी पछाडि परेको भन्दै उनिहरु चिन्तित छन।

चितवनको विगत र वर्तमानलाई नियालीरहेका स्थानीयका अनुसार लामो समय विकास निर्माणमा पछाडि परेको चितवनमा दाहालको आगमनसँगै परिवर्तनका संकेतहरु देखिन थालेका थिए । क्रिकेट रंगशाला, होटल, रेष्टुरेन्ट, सानातिना उद्योग, पर्यटन ब्यसाय लगायतमा लगानी हुन थालेको थियो।

तर, अव ति सवै सम्भावनामा ग्रहण लागेको उनीहरु वताउँछन्। खासगरी ब्यापारी/ब्यवसायी, ठुला लगानीकर्ता र वैंकका ऋणीहरु हच्किएका छन् । उनीहरुका अनुसार दाहाल रहुन्जेल बन्ने आशा गरिएका ठुला योजना अव  रोकिने निश्चित जस्तै छ। बन्छ भनेर आशा गरिएको क्रिकेट स्टेडियम पनि अव वन्ने/नवन्ने टुङ्गो छैन।

प्रचण्ड फर्केर नआउने र भरतपुरकी मेयर रेणु दाहाल पनि दोहो-याएर उठ्न नपाउने भएपछि लगानीकर्ताहरुमा त्रास देखिएको छ। नीति निर्माणमा हस्तक्षेप गर्न सक्ने, सरकारमा पहुँच राख्ने र वजेट ल्याउन सक्ने राष्ट्रिय स्तरको नेता चितवनबाट बाहिरिएपछि ‘चलिरहका प्रोजेक्टहरु पनि अलपत्र पर्ने र लगानी डुब्ने’ आशंका उनीहरुमा देखिएको छ।

रवि लामिछाने चितवनको लागि अभिश्राप
०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई झण्डै १० हजार मतले पारजित गरी निर्वाचित भएका दाहाल यस पटक पनि चितवन ३ बाटै उम्मेदवार बन्ने योजनामा थिए । योजना अनुसार नै नव निर्मित घरमा सरे।

तर, मनोनयन दर्ता भने गोरखा २ बाट गरे। यसको पहिलो कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भएको स्थानीयको वुझाई छ। चुनाव नजिकिदै गएपछि लामिछानेले ‘प्रचण्ड विरुद्ध उम्मेदवारी दिन्छु’ भन्न थालेपछि दाहाल हच्किएको वुझाई छ।

चितवनमा नेकपा माओवादी केन्द्रको अवस्था कमजोर, निर्वाचनकै मुखमा पार्टीका केन्द्रीय सदस्य तथा चितवनका पार्टी नेता यमबहादुर परियारको एमाले प्रवेश, गठबन्धनको भोट ट्रान्सफर गर्न मुस्किल र रवि लामिछाने पनि त्यहीँ क्षेत्रबाट उठ्ने चर्चाले दाहाल क्षेत्र छोड्न बाध्य भएको अधिकांशको वुझाई छ।

विश्लेषकहरु भन्छन्– ‘काठमाण्डौंमा बालेन साहको जस्तै क्रेज चितवनमा रविको देखियो भने तेस्रो ब्यक्ति निर्वाचित हुने सम्भावना देखियो। धुकचुक भएर वस्नु भन्दा जित्ने ठाउँबाटै किन नलड्ने भन्ने सोचाई आएको हुन सक्छ।’ 

दाहालले छोडेसँगै चितवनको सम्भावना पुरानै अवस्थामा फर्किएको छ। जतिसुकै चर्का भाषण गरेपनि यसलाई थेग्न सक्ने सामथ्र्य स्थानीयले रविमा देखेका छैनन्। स्थानीयका अनुसार पहिलो कुरा त रविले जित्ने अवस्था छैन। जितिहाले पनि उनले प्रचण्डको हैसियतमा चितवनको विकासका लागि लगानीको वातावरण वनाउने, लगानीकर्ता खोज्ने, सरकारी लेभलबाट वजेट ल्याउने सामथ्र्य राख्दैनन्।

‘रविले गर्ने भनेको हल्ला गर्ने, चिच्याउने र आलाकाँचा मान्छे पछि लगाएर नाराजुलुस गर्ने मात्रै हो। प्रचण्डको लेभलमा काम गर्न सक्ने क्षमता उनले जिवनभर बनाउन सक्दैनन्।’ एक ब्यवसायी भन्छन्–‘चर्का भाषण गरेर राजनीति हुँदैन। टेलिभिजनमा चिच्याए जसरी चिच्याँदैमा विकास हुँदैन।’

मुखले प्यारप्यार गरेपनि रविसँग विकासको मोडल नै नभएको भन्दै उनले चर्को भाषण, हरेक क्षेत्रमा हस्तक्षेप गर्ने र आफै सवैथोक हुँ भन्ने रविको स्वभावका कारण चितवनमा भएका लगानीकर्ता पनि अव कसरी वाहिरिने भन्ने चिन्तामा रहेको उनको भनाई छ।

यो पनि,

रवि लामिछाने

विशेष