News

रविको घर दैलोः हाईलेक्समा वसेर नमस्कार ठोक्ने, ‘तपाईकै भर है’ भन्ने हिड्ने

रविको घर दैलोः हाईलेक्समा वसेर नमस्कार ठोक्ने, ‘तपाईकै भर है’ भन्ने हिड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले भरतपुरमा घरदैलो गरिरहेका छन् । उनको घरदैलो अरुको भन्दा फरक छ।

रविको घरदैलोमा उनी घरमा पनि जाँदैनन, दैलो पनि टेक्दैनन। वरु करिव १ करोडको हाईलेक्स गाडीमाथिबाट नमस्कार ठोक्छन् र अगाडि वढ्छन्। घर दैलोका क्रममा रविले एउटै कुरा धेरै दोहो-याई रहेका छन्। भेटेजति सवैलाई उनले ‘तपाईहरुको भर है’ है भन्ने गरेका छन् ।

उनको घरदैलो भोट माग्न हिडेजस्तो छैन। उनको हात हल्लाई र भोट मगाई हेर्दा चुनाव जितेर विजय जुलुसमा हिडेजस्तै छ। कतिपय स्थानीयवासी आफै सडकमा निस्किएर लामिछानेसँग फोटो खिचाई रहेका छन्।


 

रवि लामिछाने

विशेष