News

कालिगण्डकीमा हाम फाल्दा पाण्डे बेपत्ता 

कालिगण्डकीमा हाम फाल्दा पाण्डे बेपत्ता 

गुल्मी र स्याङ्जाको संगमस्थल कालीगण्डकीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

स्याङ्जा र गुल्मी जोड्ने आँधिमुहान पुलबाट हाम फालेर कालीगण्डकी गाउँपालिका १ गुल्मी हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डे बेपत्ता भएको जैपते चौकीमा कार्यरत प्रहरी जवान राजु बाँनियाले जानकारी दिए ।


उनका अनुसार शुक्रबार बिहान टेकराजले करिब ११ बजेको समयमा कालिगण्डकीमा हाम फालेका थिए। त्यसपछि उनी बेपत्ता भएका हुन् ।

मिर्मी आधिमुहान ड्यामको पानी छोडिएकोले बेपत्ताको खोजी गर्न गाह्रो भएको स्थानीय सुमन पाण्डेयले जानकारी दिए ।


बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

विशेष