बालेन्द्रसँगै देखिने मुनिकारले जग्गा हडपेर बनाएको संरचनामा किन चलेन डोजर ?
काटमाण्डौँ महानगरपालिका वडा नं १९ दमाई टोलका स्थानीय बासिन्दा हुन्, रमेश मुनिकार । उनी प्रायः सार्वजनिक कार्यक्रममा मेयर बालेन्द्र साहसँगै देखिन्छन् ।
बालेन्द्र साहसँग उनको सम्बन्ध कस्तो छ, त्यो त खुलेको छैन । तर, मुनिकार भने आफ्नो घर र व्यवसाय जोगाउन उनको पछि लागेको देखिएको छ । जानकारी अनुसार मुनिकारको घर सार्वजनिक जग्गामा छ । जुनसुकै वेला महानगरले डोजर चलाउन सक्ने देखिएपछि उनी बालेन्द्र सँगै रहेर आफ्नो घर जोगाउन योजनामा रहेको बताइन्छ ।
यति मात्र होईन, मुनिकारले नजिकै रहेको खोलाको जग्गा हडपेर डान्स सेन्टर पनि सञ्चालन गरेका छन् ।
मेयर साहले महानगरभित्रको अतिक्रमण हटाउने अभियानका क्रममा मुनिकारले घर र डान्स सेन्टरका लागि हडपेको सार्वजनिक जग्गा पनि खाली गराउन सक्ने देखिएकाले उनी पछिपछि लागेको जानकारहरु वताउँछन् ।
सार्वजनिक जग्गा खाली गर्ने घोषणा गरेको महानगरले अहिलेसम्म दमाई टोलको अतिक्रमणमा वेवास्ता गर्नुले पनि मुनिकार र बालेन्द्रको सम्बन्धका विषयमा आशंका गर्न सकिने उनीहरु बताउँछन् ।
वडाध्यक्ष राजेश कुमार श्रेष्ठले पनि मुनिकारले सार्वजनिक जग्गामा घर बनाएको बारेमा जानकारी नभएको बताएका छन् । तर, खोला छेउमा भने सार्वजनिक जग्गामा घर बनाएर (डान्स सेन्टर) लगायत केही संघ संस्था सञ्चालन गरेको बताएका छन् ।
महानगरले मुनिकारले अतिक्रमण गरेको जग्गा किन खाली नगराएको हो? भन्ने प्रश्नमा वडाध्यक्ष श्रेष्ठले यसबारेमा बुझेर प्रतिक्रिया दिने बताए ।
समाचार प्रकाशन भएपछि नेपाल आजको सम्पर्कमा आएका मुनिकारले आफ्नो घर सार्वजनिक जग्गामा नभएको दाबी गरेका छन् । घर नजिकैको सार्वजनिक जग्गामा भने केही गैर सरकारी संघ सस्थामिलेर सामुदायिक प्रयोजनका लागि घर बनाएको बताएका छन् । ‘मैले बसोबास गरिरहेको घर सार्वजनिक जग्गामा छैन । घर नजिकैको सार्वजनिक जग्गामा पहिलेदेखि नै स्थानीय संघ संस्था मिलेर तत्कालीन वडा कार्यालयको अनुमतिमा घर बनाएका छौँ । उक्त घर अहिले पनि सामुदायिक पर्याेजनका लागि प्रयोग भइरहेका छ;’ मुनिकारले भने ।
रमेश मुनिकार बालेन्द्र साह