News

हेमराज थापा भन्छन्ः संसदमा उभिएर देश वेचौ भन्ने मान्छेले सम्भावना बोक्छन् ?

हेमराज थापा भन्छन्ः संसदमा उभिएर देश वेचौ भन्ने मान्छेले सम्भावना बोक्छन् ?

काठमाण्डौं निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवारी दिएका हेमराज थापाले केही समयअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको विषयमा दिएको खह्रो अभिब्यक्ति अहिले टिकटकमा चर्चामा आएको छ। 

भिडियोको विषयमा पुर्ण जानकारी नभएपनि @subashkhatiwada444 नामको टिकटक एकाउण्टमा थापाको भिडियो अपलोड भएको छ। भिडियोमा थापासँग गगन थापाको वारेमा जिज्ञासा राखेपछि उनी केही वेर अनकनाउँन। त्यसपछि प्रश्नकर्ताले नै ‘सम्भावना भएको नेता’ भन्दै संकेत गरेपछि उनले झोक्किएर ‘केको सम्भावना वोकेको नेता’ भन्दै उल्टै प्रश्न गर्छन।

‘केको सम्भावना वोक्यो ? संसदमा उभिएर देश वेचौ भन्ने मान्छेले सम्भावना बोक्छन् ? कस्तो सम्भावना वोक्या ?’ उनी भन्छन्–‘वहाँको वारेमा म भन्छु है गगन थापाको बारेमा। केपी ओलीको सरकार हुँदाखेरी, त्यो भन्दा अगाडि नजाउँ।’

त्यसपछि उनले गगन थापाका कमजोरीका वारेमा वोल्छन्। ‘बालुवाटारको जग्गा खै... भन्ने सवभन्दा ठुलो स्वरले गगन थापा हुन। १० अर्व खै... भन्ने गगन थापा हुन। कोरोनाको महामारीका वेला सरकारले किन काम गरेन भन्ने गगन थापा हुन। निर्मला पन्तको बलात्कारी खै भन्ने गगन थापा हुन’ उनी अगाडि थप्छन्–‘जव शेरबहादुर देउवाको सरकार बन्यो, विजयकुमार गच्छेदार उही दिन (बन्ने हल्ला चलेको दिन) गएर १० लाख रुपैयाँ धरौटी राखेर बालुवाटार जग्गा प्रकरणमा वाहिर आए। आज एक दिन कहि कतै तपाईले गगन थापाको मुखबाट वालुवाटार जग्गा प्रकरणमा कुरा उठाएको सुन्नुभाछ।’

वाईडवडी काण्ड, निर्मला पन्त बलात्कार काण्ड लगायतका विषयमा पनि उनले गगनको आलोचना गरेका छन् । ‘वाईड वडिका ४अर्व÷५ अर्व रुपैयाँको घोटाला, भ्रष्टाचारको कुरा हेर्नोस तपाई। सवैभन्दा वढि केपी ओलीको सरकार हुँदाखेरी कुरा उठाउँथे। आज एक दिन वोले। निर्मला पन्त बलात्कार प्रकरणमा त्यो वेला सवभन्दा वढि संसदमा वोल्ने गगन थापा आफनो प्रधानमन्त्री हुँदा एक दिन वोले।’ उनले भने–‘कोरोनामा १० अव भ्रष्टाचार भयो भन्थे नी, आज छानविन गराउन सक्नु पर्यो नी त, गरे? किसानले मल पाएनन्, मल दिए ? उनको सरकार छनी आज त। अरु प्रधानमन्त्री छ भन्न मिल्छ ?’

ओली सरकारमा विद्यार्थीले पाठ्य पुस्तक पाएनन भनेर कराउने गगन थापाले शेरवहादुर प्रधानमन्त्री भएपछि पाठ्यपुस्तक दिए त ? भन्दै प्रश्न गरे। ‘बैदेशिक रोजगारमा ठगिएकाहरुलाई उद्धार गरे गगन थापाले ?’ हेमराजले भने–‘झन उनले त एमसीसी पास गरौं भने। जनताको जनभावना विपरित वोले । त्यस कारण यस्ता किसिमका दलालहरु, यस्ता किसिमका राजनीतिक स्वार्थ सिद्धिका लागि जे पनि बोल्ने, जे पनि गर्नेहरुलाई तपाई युवा भन्नु हुन्छ ?’

गगन थापा शेरवहादुर देउवा र शेखर कोईरालको विचारको भारी वोक्ने गधा मात्रै भएको उनको आरोप छ। 

गगन थापा हेमराज थापा

विशेष