News

निर्वाचन विथोल्ने विप्लवसहित ३ वामपन्थी पार्टीको घोषणा

निर्वाचन विथोल्ने विप्लवसहित ३ वामपन्थी पार्टीको घोषणा

तीन बामपन्थी पार्टीले पत्रकार सम्मेलन गरेरै निर्वाचन विथोल्ने घोषणा गरेका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचन घोषणा गर्ने बताएका हुन।

बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रर्दशन र कोणसभा आयोजना गर्ने जनाईएको छ। ‘दलालहरुले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरुले चुनाव बहिष्कार गर्ने नीति लिनु परेको हो’– नेकपाका नेता प्रकाण्डले भने।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरुले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए। नेपाली क्रान्तिलाई सफल बनाउन पनि चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पुर्याउने विश्वास उनको छ। 

वैज्ञानिक समाजवादी पार्टी, नेपालले ‘चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको’ बताएको छ।
पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरुबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरुले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको उल्लेख गरे।

तीन वटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका छन्।

सो कार्यक्रम स्थानीयस्तरमा पनि आवश्यक्ताको आधारमा तय गरिएको पनि नेकपाका नेता प्रकाण्डले बताए।

विशेष