कात्तिक २२ गते चन्द्र ग्रहणः कस्ले हेर्ने, कस्ले नहेर्ने ?
![कात्तिक २२ गते चन्द्र ग्रहणः कस्ले हेर्ने, कस्ले नहेर्ने ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/grahan.jpg)
कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
बेलुका ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुका ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ।
०५ः२७ बजे ग्रहणको उन्मीलन हुने र ०६ः३४ बजे ग्रहण सकिने समितिले जनाएको छ। नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिने छ। धर्मशास्त्रका जानकाहरुका अनुसार चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने जनाईएको छ।
२२ गते बिहान ०८ः११ बजेदेखि बेलुका ०६ः३४ बजेसम्म भोजन निषेध गरिएको छ। ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने भएपछि बाल, वृद्ध र बिरामीलाई भोजनमा बाधा नमानीले जनाईएको छ।
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो।
राशि अनुसार यस्तो हुने छ चन्द्र ग्रहणको फल
मेष– घात
वृष– व्यय
मिथुन– लाभ
कर्कट– सुख
सिंह– माननाश
कन्या– कष्ट
तुला– स्त्रीपीडा
वृश्चिक– सुख
धनु– चिन्ता
मकर– व्यथा
कुम्भ– श्रीप्राप्ति
मीन– क्षति