News कभर स्टोरी

स्वतन्त्र पार्टीले पनि गर्याे निर्वाचन बहिस्कार

स्वतन्त्र पार्टीले पनि गर्याे निर्वाचन बहिस्कार

स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ ।

अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न माग सहित समूहले शान्तिपूर्ण आन्दोलनको रूपमा निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षता र आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनताकामाथिको कलङ्क भएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने जनाएका हुन् ।

 

यसअघि विप्लव नेतृत्वको नेकपा, विप्लवबाट विभाजित धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमत, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टीले पनि निर्वाचन बहिष्कारको निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

विशेष