News

बोलेरो दुर्घटनामा ६ जना घाईते, ११ दिने शिशुको मृत्यु

बोलेरो दुर्घटनामा ६ जना घाईते, ११ दिने शिशुको मृत्यु

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा ११ शिशुको मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ठेगाना थाहा नभएका ११ दिने शिशुको मृत्यु भएको धनुषाका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार ६ जना गम्भीर घाइते भएका छन् ।

गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको नजिकै रहेको सेन्ट्रल हस्पिटलमा उपचार भईरहेको छ।
 

विशेष