News

प्रमुख निर्वाचन आयुक्तको बोली फेरियोः सभ्य भाषामा ‘नो नट एगेन’ भन्न पाईन्छ

प्रमुख निर्वाचन आयुक्तको बोली फेरियोः सभ्य भाषामा ‘नो नट एगेन’ भन्न पाईन्छ

‘नो नट एगेन’ फेसवुक पेजलाई कारवाही गर्न उर्दी जारी गरेपछि विवादमा परेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बोली फेरिएको छ। चौतर्फी आलोचना र सर्वोच्च अदालत समेतले तत्काल कारवाहीको प्रहरी अगाडि नवढाउन अन्तरिम आदेश जारी गरेपछि पोखरेलको वोली फेरिएको हो।

‘नो नट अगेन’, ‘नो नेभर अगेन’, ‘इलेक्ट एण्ड अगेन’, ‘इलेक्ट अगेन एण्ड अगेन’ जस्ता शब्द भन्नलाई आयोगले नरोकेको तर यस्ता कुरा भन्दा सभ्य भाषाको प्रयोग गर्न उनले सचेत गराएका छन् । निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न उनले चेतावनी दिए।

सोमबार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायत दुष्परिणामयुक्त शब्दहरू प्रयोग गर्न नहुनेप्रति सचेत गराए।

‘नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ’ उनले भने–‘सामाजिक सञ्जाल भनेर असामाजिक किसिमका कुनै पनि कुराहरु त्यहाँ राखिदिनु हुँदैन भनेका हौं।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता कडाइ गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए । 

विशेष