News

ओलीलाई किन चाहियो गठबन्धनको प्रधानमन्त्रीको उम्मेदवार ?

ओलीलाई किन चाहियो गठबन्धनको प्रधानमन्त्रीको उम्मेदवार ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचपछि तपाईहरुको प्रधानमन्त्रीको उम्मेदवार को हो ? भन्दै गठवन्धनका नेताहरुलाई प्रश्न गरेका छने । आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने ठोकुवा गरेका उनले सत्ता गठबन्धन दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न चुनौती समेत दिए।

सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘म प्रधानमन्त्री बन्छु। म गठबन्धनको निर्णय सुन्न चाहन्छु। जनता गठबन्धनको निर्णय सुन्न चाहन्छन्। को हो तपाईंहरुको प्रधानमन्त्री? कांग्रेसका थुप्रै मान्छेले मै प्रधानमन्त्री भनिराखेका छन्। माओवादीका पनि अरुले नभने पनि प्रचण्डले भनिराखेका छन्।’

गठबन्धनमा विचार र गन्तव्य नभएको आरोप पनि उनले लगाए। उनले गठबन्धन दलहरुले एउटै घोषणापत्र नबनाएर फरकफरक बनाएको बताउँदै कुनै घोषणापत्र पनि कार्यान्वयन नहुने दावी गरे। उनले गठबन्धन सत्ता टिकाउने र जनता भुल्याउने खेलमा लागेको आरोप लगाउँदै उनले ५÷६ तिर फर्किएको मिसन, भिजन, थिति नभएको गठबन्धनलाई हराउनुपर्ने बताए।
 

विशेष