News

अनुमति नै नलिई सरकारको आँखा छलेर गैरकानुनी धन्दा (श्रंखला–१)

अनुमति नै नलिई सरकारको आँखा छलेर गैरकानुनी धन्दा (श्रंखला–१)

सरकारले केही कम्पनीलाई वस्तुको प्रत्यक्ष विक्री वितरणका लागि इजाजत दिन थालेपछि इजाजत पाएका कम्पनीले नै गैरकानुनी रुपमा सामानहरु विक्रि वितरण गर्न थालेका छन् ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ मा टेकेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट इजाजत लिएका कम्पनीहरुले अवैद्य रुपमा सामानको विक्रि वितरण गर्न थालेका हुन् ।

सोही ऐन अन्तर्गत दर्ता भएको हेल्दी लिभिङ नेपाल प्रालिले हेल्थ केयरसँग सम्वन्धित ११५ वटा स्वदेशी सामग्री विक्रि गर्ने इजाजत पाएको छ। तर, उक्त कम्पनीले अहिले भारतीय कम्पनीका ‘भेस्टिज’का सामग्री विक्रि वितरण गरिरहेको पाईएको छ। उक्त कम्पनीलेले भेस्टिज कम्पनीका बडी लोसन, कोलोस्ट्रोम क्याप्सुल, क्रिम लगायतका सामान विक्रि वितरण गर्दै आएको छ।

यो कम्पनीले काठमाण्डौं, इटहरी, पोखरा, नेपालगञ्ज, वुटवल, चितवन, दाङ, जनकपुर, धनगढी, विरगञ्ज, चन्द्रनिगाहपुर, हेटौंडा, धरान, लहान, राजविराज, विर्तामोड, वनेपा, विराटनगर, भैरहवासहित २० ठाउँमा शाखा र प्रतिनिधि राखेर सामान विक्रि वितरण गर्दै आएको छ।

हेल्दी लिभिङ नेपाल प्रालिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पाएको इजाजत पत्रमा स्वदेशी सामग्री मात्रै विक्रिवितरण गर्ने उल्लेख छ। तर, यसका प्रमुख टेम्पा सेर्पाले भने आफुहरुले स्वदेशी तथा विदेशी दुवै प्रकारका सामग्री विक्रि गर्ने अनुमति लिएको दावी गरेका छन् । 

हेल्दी लिभिङ नेपाल प्रालिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पाएको इजाजत पत्रमा स्वदेशी सामग्री मात्रै बिक्रीवितरण गर्ने उल्लेख छ। तर, यसका प्रमुख टेम्पा सेर्पाले भने आफूहरूले स्वदेशी तथा विदेशी दुवै प्रकारका सामग्री बिक्री गर्ने अनुमति लिएको दावी गरेका छन् । 


यता वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले हेल्दी लिभिङ प्रालिले ११५ स्वदेशी उत्पादन मात्रै बिक्री वितरण गर्न इजाजत लिएको बताएका छन् । प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत प्राप्त कम्पनीले कानुनको अधीनमा रहेर कारोबार गर्नु पर्ने उनी बताउँछन् । विभागबाट अनुमति लिएको भन्दा बाहिर गएर कारोबार गरेको भेटिए विभागले आवश्यक कारबाही गर्ने प्रवक्ता भट्टराईले बताए । 


हेल्दी लिभिङ भेस्टिज

विशेष