News

आयोगलाई बालेन्द्रको जवाफः मेरो नाम प्रयोग गर्नेलाई कारवाही गर्दा हुन्छ

आयोगलाई बालेन्द्रको जवाफः मेरो नाम प्रयोग गर्नेलाई कारवाही गर्दा हुन्छ

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको जवाफ फर्काएका छन् । उनले कुनै पनि पार्टीमा आफनो संलग्नता नरहेको र आफनो नाम लिएर प्रचार गर्नेलाई कारवाही गर्दा हुने जवाफ दिएका छन् ।

आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो।

सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ बालेन्द्रले पठाएका छन्।

आयोगले साहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन? भनेर स्पष्ट पार्न भनेको  थियो। 
 

बालेन्द्र साह

विशेष