News

एकिकृत समाजवादीद्वारा जुम्ला जिल्ला अध्यक्षसहित पाँच जना निस्कासित

एकिकृत समाजवादीद्वारा जुम्ला जिल्ला अध्यक्षसहित पाँच जना निस्कासित

नेकपा एकिकृत समाजवादी पार्टीले चुनावको मुखमा जुम्ला जिल्ला कमिटी अध्यक्षसहित पाँचजनालाई निष्कासित गरेको छ। जुम्ला इन्चार्ज र अध्यक्षसहितका नेता आइतवार एमालेमा प्रवेश गरेपछि समाजवादीले उनीहरुलाई निस्कासन गरेको छ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनको मुखमा एमालेलाई थप बलियो बनाउने गरी समाजवादीको सिंगो जिल्ला कमिटी नै समाहित भएपछि केन्द्रीय कमिटीले निष्कासनको निर्णय गरेको हो।

समाजवादीले एमालेमै फर्किएका जुम्ला जिल्ला इन्चार्ज देवीलाल थापा र जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेलाई निष्कासनको घोषणा गरेको हो। समाजवादीका महासचिव वेदुराम भुसालले एक विज्ञप्ति निकालेर एमालेमा समाहित भएका प्रदेश कमिटी सदस्यहरू नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई पनि निष्कासित गरिएको जनाएका छन्। 

आइतावर एमालेका जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै एकीकरण घोषणा गरेका थिए।
 

विशेष